नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ कैलाली- १ बाट निर्वाचित

धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर- १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित हुनुभयो ।
श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा चौधरीले १८ हजार ८ मत ल्याउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्