प्रतिनिधिसभा समानुपातिक मत: १७ लाख बढी मत प्राप्त गर्दै एमालेको अग्रता कायमै

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाख १८ हजार मत प्राप्त गरेको छ । निर्वाचन आयोगले हालसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार नेपाली कांग्रेसले १६ लाख ४९ हजार मत प्राप्त गरेको छ ।

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ५० हजार मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख २९ हजार मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ८३ हजार, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख ६० हजार, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ५० हजार र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३६ हजार मत प्राप्त गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.