रुसी राष्ट्रपति पुटिनद्धारा युक्रेन युद्धमा खटिएका सैनिकका आमाहरुसँग भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा खटिएका सैनिकका आमाहरुसँग भेटघाट गर्नुभएको छ । युक्रेन युद्धमा मारिएका र युद्धरत सैनिकका आमाहरुसँग भेटवार्ता गर्दै राष्ट्रपति पुटिनले आफू पनि आमाहरुको पीडामा साथ रहेको बताउनुभयो ।

सैनिकका आमाहरुसँगको बैठकमा राष्ट्रपति पुटिनले युद्धमा मारिएका छोराहरुको क्षतिपूर्ति कसै गरी पनि गर्न नसक्ने भन्दै आमाहरुको पीडामा आफू पनि साथ रहेको बताउनु भयो ।

रुसको राज्य नियन्त्रित संचार माध्यमले पुटिनको सैनिक परिवारसँगको भेटवार्ताका विषयमा जानकारी गराएको हो । बैठकमा सहभागिताका लागि होसियारीपूर्वक क्रेमलिनका समर्थनमा रहेका लडाकुका आमाहरु मात्रै छनौट गरिएको आलोचकहरुको भनाइ छ ।

पछिल्लो समय रुसभित्रै युक्रेन युद्धका विरुद्ध सर्वसाधारणको आक्रोश बढिरहेको छ । साथै युक्रेन युद्धमा पठाइएका सैन्य लडाकुका आमाहरुले आफ्ना छोराहरुलाई उपयुक्त तालिम, हातहतियार र पोसाक विना नै युद्धमा होमेको आरोप लगाएका छन् ।

अत्यन्त चिसो मौसममा आवश्यक तयारी र साधन स्रोत विना नै युद्धमा होमेकी आमाहरुको गुनासो छ । रुस-युक्रेन युद्धमा १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.