उदयपुर-१ मा मतगणना सुचारु गर्न आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ ।

मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।

स्थगित हुनभन्दा अघिसम्मको अवस्थामा यहाँ नेपाली काँग्रेसका डाक्टर नारायण खड्का २१ हजार ८ सय ३३ मतसहित अगाडि हुनुहुन्छ भने उहाँलाई नेकपा एमालेकी मञ्जु चौधरीले २० हजार १  सय २० मतका साथ पछ्याइरहनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.