माओवादी केन्द्रसँग एकताको तयारी भएको छैन : महासचिव भूसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भूसालले माओवादी केन्द्रसँग एकताको तयारी नभएको जनाउनुभएको छ ।

शुक्रबार विज्ञप्ती जारी गर्दै महासचिव भूसालले केही सञ्चार माध्यममा आएको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भन्ने समाचारमा सत्यता नभएको जनाउनुभएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं, तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही पनि भएको छैन ।’

भूसालले हुँदै नभएको प्रचार गराएर भ्रमण सिर्जना गरिएकाले त्यस्तो भ्रममा नपर्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.