बाजुरामा नेपाली कांग्रेसका पाण्डे निर्वाचित

बाजुरा- बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली कांगेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । पाण्डेले पाँच हजार बढी मतान्तरसहित विजयी हुनुभएको हाम्रा सम्वाददाता प्रकाश सिंहले जनाएका छन् ।

पाण्डे ३१ हजार सात सय ८६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी राप्रपा उम्मेदवार जंग कुमार गिरीले २ सय ७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले १ सय १४ मत मात्र ल्याउनुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.