चौँथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौँमा

काठमाडौँ- चौँथौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव -२०७९ भव्य रुपमा शुरु भएको छ।

काठमाडौं दरबारमार्गमा रहेको राइजिङ मलमा चौँथौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रमुख अथितिका रूपमा नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसी र नेपालकी प्रथम महिला अभिनेत्री भुवन चन्दको उपस्थिति थि्यो ।

त्यसैगरी, नेपालको पहिलो हास्य महिला कलाकार वसुन्धरा भुसाल, अन्तर्राष्ट्रिय निर्देशक तथा निर्माता एलिना नोडेल, एन मेटि स्कपलरेन लगायत का बिशेष अतिथिहरु पनि समारोहमा उपस्थित थिए ।

नेपाल संस्कृति तथा चलचित्र केन्द्र का अध्यक्ष सन्तोष सुवेदीले सभाको अध्यक्षता गर्नुभएको थियो । महोत्सबमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरु, निर्माता तथा निर्देशकहरुको उपस्थिति थियो।

महोत्सवमा नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले चलचित्रलाई  प्रवर्धन गर्न महोत्सवको भूमिका रहने र आफू पनि नेपाली चलचित्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यसैगरी, कलाकारहरु भुवन चन्द र वसुन्धरा भुसालले पनि महोत्सवको सफलताको  कामनासहित शुभकामना व्यक्त गर्नुभएको थियो। समारोहमा ३४ राष्ट्रका सहभागिता रहेको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.