प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फबाट विजयी भएका उम्मेदवारहरुको घोषणा आज गर्दैछ । आयोगले हिजै अन्तिम घोषणा गर्ने बताएको थियो तर केही प्राविधिक तयारी नपुगेका कारण घोषणा गर्ने कार्यक्रम एक दिन पछि सारिएको आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा पनि आजै सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरिने आयोगले जनाएको छ ।

निर्वाचनको अन्तिम नतिजा घोषणा भएको एक हप्ताभित्र निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । आयोगले भोलि निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने तयारी गरेको पनि जनाएको छ ।

प्रतिनिधिसभा तर्फ दलहरुले पेश गरेको समानुपातिक सुचीमा सुधार गर्नुपर्ने नदेखिएपनि प्रदेशको हकमा भने दलहरुले पेश गरेको सुचीवारे आयोगले थप निर्णय लिनुपर्ने अवस्था रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले वताउनुभयो ।

प्रदेशको हकमा समानुपातिक निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारहरुको घोषणा आगामी पुस २ गते बुझाउने तयारी गरिएको आयोगले जनाएको छ । राष्ट्रपतिले निर्वाचन परिणामको प्रतिवेदन बुझेपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन्छ ।

समानुपतिक प्रणालीबाट प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ सातवटै प्रदेशमा गरी २२० सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेश सभाको प्रत्यक्षतर्फ ३ सय ३० निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।

आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखहरुलाई बुझाएसँगै समानुपातिक प्रणालीवाट निर्वाचित सांसदहरुलाई यहि पुस ४ गते प्रमाणपत्र दिने जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.