तस्वीरका केही झलक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी र वडा नम्बर ५ को पाउद्वार तातोपानी कुण्ड जोड्न कालीगण्डकी नदीमा हालिएको काठको अस्थायी पुल (साँघु) ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –१ मा रहेको पाउ गुम्बा ।
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा तीर्थयात्रीले चडाएको भेटी सङ्कलन गरेर पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा छुट्याएर राखिएको रु पाँचको नोट ।
दाङको शान्तिनगर गाउँपालिका–३ निवासी विष्णु लामा गुन्द्री बुन्दै । पछिल्लो समय गुन्द्री बुन्ने चलन हराउँदै गएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मुख्य दुर्गा चोकमा अस्तव्यस्त अवस्थामा रहेको विद्युत, टेलिफोन र केबुलका तारहरू ।
स्याङ्जाको वालिङ ४ सुन्तलाबारीमा बोटमा लटरम्म फलेको सुन्तला । विगतका वर्षहरुको तुलनामा यसवर्ष सुन्तला धेरै फल्दा बोटले नधानेपछि टेका लगाइएको छ ।
नारायणी नदी किनारमा राखिएको मोटरबोट । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा मोटरबोट परेपछि एक दर्जनभन्दा बढी कम्पनीले सेवा दिइरहेका छन् ।
नवलपरासीका स्थानीय कृषकले खेतमा लगाइएको तोरी बारीमा फुलेका पहेँला तोरीका फूल ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.