अमेरिका र क्यानडाका केही भागमा अत्यधिक हिमपात, कयौं हवाई उडानहरु प्रभावित

शक्तिशाली हिमआँधीका कारण अमेरिका र क्यानडाका केही भागहरु बरफमय भएका छन् । अत्यधिक चिसो र हिमपातका कारण कयौं उडानहरु नै प्रभावित भएका छन् ।

क्रिसमसको पूर्वसन्ध्यामा विदा मनाउनेहरुको घुइँचो लागेका बेला मौसमी प्रतिकुलताले उडान तालिकामा असर गरेको हो । हिमपात र अत्यधिक चिसोका कारण अमेरिकाभर १० करोड भन्दा बढी मानिसहरूलाई सुरक्षाका लागि सचेत गराइएको छ ।

चिसोकै कारण यस सप्ताहन्तमा विदा मनाउनेहरुलाई असर गर्ने अनुमान गरिएको छ । हिम आँधीको त्रासले अमेरिकाका प्रमुख विमानस्थलहरुले उडान रद्द गरिसकेका छन् ।

यस वर्षको क्रिसमस विगत ४० वर्षयताकै सबैभन्दा चिसो क्रिसमस हुने अनुमान मौसम पूर्वानुमानकर्ताहरुले गरेका छन् । राष्ट्रिय मौसम सेवाका अनुसार की भागहरुमा यो साताको अन्त्यसम्ममा तापक्रम माइनस ४५ डिग्री सेन्टिग्रेड देखि माइनस ६५ डिग्री सेन्टिग्रेड पुग्ने अनुमान गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.