नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री

काठमाडौं– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नारायणकाजी श्रेष्ठलाई उप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो प्रधानमन्त्रीमा नियुक्ति भएसँगै थप समसामयिक विषयमा छलफल गर्न बसेको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभाको सदस्य हुनुहुन्छ । बैठकमा वर्तमान अवस्था र मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको थियो ।
त्यसैगरी आजै सत्ता गठबन्धनको बैठक पनि बस्दैछ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ ।






प्रतिक्रिया राख्नुहोस्