बागमती प्रदेशसभाको बैठक पुस १८ गते बस्ने गरी आह्वान

काठमाडौं- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाएअनुसार बागमती प्रदेशसभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आजै मन्त्रिपरिषद्को परामर्शमा प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गर्नुभए अनुसार नै संवैधानिक प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक पुस १८ गतेलाई आह्वान गर्नुभएको बागमती प्रदेश प्रमुख सचिवालयका सचिव ओमबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.