पाँचथरको फिदिममा म्याराथुन दौड सम्पन्न

पाँचथर- पाँचथर जिल्लाको फिदिममा आयोजना भएको १० किलोमिटर म्याराथुन दौडमा सुनसरी धरानका प्रशान्त तामाङ प्रथम भएका छन् ।

तामाङले चासोक तङ्नाम पाँच हजार ८२औँका अवसरमा आयोजना भएको पाँचौ सुम्हालुङ म्याराथुन दौडमा २९ मिनेट १० सेकेण्डमा १० किलोमिटर दुरी पार गरेका थिए ।

दौडमा ताप्लेजुङका रमेश लिम्बु २९ मिनेट ५० सेकेण्डमा सो दुरी पार गरी दोस्रो भएका थिए, भने पाँचथर हिलिहाङका दिपक सुहाङ ३० मिनेट २० सेकोण्डमा दुरी पार गरी तेस्रो भएका थिए  । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश: ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाण पत्र पाएका छन् ।

१० हजार मिटर दुरीको दौडमा महिलातर्फ ताप्लेजुङकी समपाल्मु शेर्पाले ३७ मिनेट २० सेकेण्डमा दुरी पार गरी प्रथम भइन्।

धरानकी नेन्बी माया राईले ४३ मिनेट ५८ सेकेण्डमा दुरी पार गरी  दोश्रो भइन् भने फिदिमका समिक्षा सेर्माले पचास मिनेटमा १० किलोमिटर दुरी पार गरी तृतीय स्थान हासिल गरिन् ।

विजेता खेलाडीहरुलाई  क्रमश: पाँच हजार, चार हजार र तीन हजार पुरस्कार तथा प्रमाण पत्र फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले वितरण गर्नु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.