लोकसेवाको विज्ञापनमा मुस्लिमको आरक्षण सुनिश्चित गर्न आयोगको पहल

काठमाडौं– मुस्लिम आयोगले लोकसेवाको विज्ञापनमा मुस्लिमको आरक्षण सुनिश्चित गर्न पहल सुरु गरेको छ ।

आयोगले संविधानले नै सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्त अनुसार मुस्लिम लगायतका समुदायको आरक्षण सुरक्षित गर्न पहल सुरु गरेको हो । आयोगका अध्यक्ष समिम मियाँ अन्सारी नेतृत्वको टोलीले लोकसेवा आयोगका पदाधिकारीलाई भेट गरी लोकसेवाको विज्ञापनमा समावेशी सिद्धान्त अनुसार आरक्षणको व्यवस्था गर्न माग गरेको छ ।

नेपालको संविधान २०७२ मा मुस्लिम लगायतका विभिन्न आठवटा क्लष्टरलाई समावेशीको सूचीमा राखिएको छ । आयोगले मुस्लिमलाई मधेसी क्लस्टरमा राखेकोमा यसअघि नै आपत्ति जनाइसकेको छ ।

भेटमा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, वीरबहादुर राई, मञ्जु कुमारीलगायतको उपस्थिति थियो ।

यसैगरी मुस्लिम आयोगका तर्फबाट अध्यक्ष अन्सारीसहित सदस्यहरु महमदिन अली, मिर्जा अर्सद बेग, मोहम्मद समशुल हक, सचिव रेखा दास श्रेष्ठ, आयोगका उपसचिव सुनिल निरौला लगायत सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.