प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बुधबार भेट भएको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच सिंहदरबारस्थित नेकपा माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

भेटमा सरकारलाई एकीकृत समाजवादीको समर्थन, सरकारमा सहभागिता लगायतका विषयमा कुरा भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालले पुस २६ गते संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

एकीकृत समाजवादीको बैठकले सरकारका सहभागिताबारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.