सत्ता साझेदार दलले भने, ‘मन्त्रालय टुक्र्याउँदैनौं’

काठमाडौं– सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्‍बाट विश्वासको मत ल्याएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिनुभयो । यसैगरी बैठकमा मन्त्रालय नटुक्र्याउने सहमति भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले मन्त्रालय फुटाउने वा बढाउने भन्ने बारे कहीँकतै पनि छलफल नभएको बताउदै त्यसतर्फ जाने कुनै तयारी पनि नभएको स्पष्ट पार्नुभयो ।

बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.