चिनियाँलाई यूरोपमा अनिवार्य कोरोना परीक्षण

ब्रसेल्स– युरोपेली संघका अधिकारीहरुले चिनियाँहरुको अनिवार्य कोरोना परीक्षण गर्न सिफारिस गरेका छन् ।

चीन भ्रमण गरेर फर्कनेको कोभिड रिपोर्ट नेगेटिभ हुनैपर्ने प्रावधान लागू गर्नुपर्नेमा अधिकारीहरुले जोड दिएका हुन् । चीनले आगामी आइतबारदेखि शून्य कोभिड नीतिको खारेजी गर्दै चीन भित्र प्रवेश गर्न र चीनबाट बाहिर जान सहज बनाउने भएको छ ।

चीनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । साथै अस्पताल तथा शवदाह गृहहरु भरिभराउ भएको भन्ने खबर आइरहेका बेला चीनले शून्य कोभिड नीति अन्त्य गरेकाले संक्रमण फैलने जोखिम बढेको हो । केही युरोपेली देशहरुले संक्रमण बढ्न थालेसँगै परीक्षणमा जोड दिइरहेका बेला चीनले परीक्षणलाई बेवास्ता गर्न अनुचित भएको अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.