अपडेट : पाल्पा बस दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो

पाल्पा- पाल्पामा गए राति बस दुर्घटना हुँदा मृत्यु भएका सबै महिनाको पहिचान खुलेको छ ।

पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने रुपन्देहीमा सालझण्डीबाट यात्रु लिएर आउँदै गरेको ग १ ख ४९७७ नं को बस करिब १० बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा स्थानीय ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ११ वर्षीया सरुमाया घिमिरे, ३६ वर्षीया, निर्मला घिमिरे, ५४ वर्षीया खीम कुमारी गाहा, २१ वर्षीया दान कुमारी खत्री, ४० वर्षीया गुना कुमारी गाहा र २१ वर्षीया बीना पाण्डे रहेको घटनस्थलमा रहेका ट्राफिक प्रहरी खेम विक्रम थापाले जानकारी दिनुभयो ।

मृतक सबै खुर्साने गाउँका हुन् । दुर्घटनामा परेका १८ जना घाइतेलाई रुपन्देहीतर्फ उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

चालक समेत घाइते छन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिनुभयो । घटनास्थल सालझण्डी ढोरपाटन सडक खण्ड अन्तर्गत पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.