प्रधानसेनापतिबाट राष्ट्रनिर्माताको शालिक अनावरण

काठमाडौं- नेपाली सेनाले ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ को अवसरमा नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरको हाताभित्र राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरेको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नवनिर्मित पूर्णकदको उक्त शालिकको आज विशेष समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गर्नुभयो ।

अनावरण समारोहमा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, अधिकृतलगायत सकल दर्जाहरूको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.