प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिनुहुँदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था अनुसार उहाँले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ ।

कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्ने ब्यवस्था छ । सोही ब्यवस्था बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको थियो ।

आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी एवं स्वतन्त्र सांसदहरुले प्रचण्डलाई समर्थन गर्नुभएको थियो ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १ सय ६९ सांसदको समर्थन पाउनुभएको थियो । विश्वासको मत लिदा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत हुनुपर्ने ब्यवस्था छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.