अमेरिकाको एउटा घरमा गोली चल्दा ६ महिने शिशुसहित ६ जनाको मृत्यु

अमेरिकाको मध्य क्यालिफोर्निया क्षेत्रस्थित एउटा घरमा गोली चल्दा ६ महिने शिशुसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ती शिशुकी १७ वर्षीया आमा पनि रहेकी छिन् ।

घटनाबारे आफूहरूलाई स्थानीय समयानुसार बिहान साढे ३ बजे जानकारी प्राप्त भएको र त्यहाँ पुग्दा दुईजनाको शव सडकमा र अन्यको शव घरभित्र फेला परेको घटनापछि प्रहरीले जनाएको छ ।

एकजना सरकारी कानुनी अधिकारीले उक्त गोलीकाण्ड त्रासदीपूर्ण नरसंहारभएको बताउँदै घटनामा संलग्न भएको आशंका गरिएका दुईजनाको प्रहरीले खोजी गरिरहेको बताउनुभएको छ ।

उक्त परिवार कुनै आपराधिक गिरोहमा आबद्ध भएको र नियोजित रुपमा गरिएको आक्रमणमा परेको प्रहरीको आशंका छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.