सञ्चार मन्त्रीलाई अतिरिक्त हुलाकका कर्मचारीहरुको ज्ञापन पत्र

काठमाडौँ- नेपाल अतिरिक्त हुलाक कर्मचारी युनियन (नापोज)ले सञ्चार तथा सूचना तथा प्रविधि मन्त्री रेखा शर्मालाई १३ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरुले आफ्ना समस्या समाधान गर्न आग्रह गरेका छन । द्वन्दकालको असहजतामा पनि सरकारी उपस्थितिको रुपमा विकट र दुर्गम स्थानमा काम गरेका अतिरिक्त हुलाकका कर्मचारीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको दुखेसो छ ।हुलाक सेवामा काम गर्ने कर्मचारीहरुलाई ‘आउट सर्भिस’ भनेर परिभाषित गरिनु अन्याय भएको अतिरिक्त हुलाक सेवाका कर्मचारीहरुको गुनासो छ ।

नेपाल सरकारले २०७८/०७९ मा राष्ट्रसेवक कर्मचारीहरुको मासिक २००० रुपैयाँका का दरले तलव बृद्धि गरेको, २०७९/०८० को बजेटमा पनि १५% ले बृद्धि भएको तर अतिरिक्त हुलाकका १०८५३ कर्मचारीहरुको मात्र तलव बृद्धि नभएको भन्दै उनीहरुले तलब बृद्धिको समेत माग गरेको युनियनको अध्यक्ष टंक प्रसाद हुमागाईंले जानकारी दिनुभयो ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.