बेलायतमा कर छलीको आरोपमा कन्जरभेटिभ पार्टीका अध्यक्ष नादिम जाहावी बर्खास्त

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सत्तारुढ कन्जरभेटिभ पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गर्नु भएको छ । कर मामिलामा भएको अनुसन्धानमा उहाँ दोषी देखिएपछि पदीय मर्यादाको गम्भीर उल्लङ्घन गरेको भन्दै सरकारबाट बर्खास्त गरिएको हो ।

गत वर्ष राजनीतिक उथलपुथलको अवधिमा बेलायतको अर्थमन्त्री रहनुभएका जाहावीलाई पछिल्लो समय करोडौं डलरको भुक्तान नगरिएका कर बिल सुल्झाएको आरोपमा राजीनामा दिन व्यापक दबाब दिइएको थियो । त्यसपछि व्यापक विवादमा आउनु भएका जाहावीलाई बर्खास्त गरिएको हो ।

जाहावीले शुरुमा आफ्नो कर मामिलाको विषयमा मिडिया रिपोर्टहरूलाई अस्वीकार गरे पनि पछिल्लो समय केही अनियमितता भएको स्वीकार गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.