नेपाल टेलिभिजनकर्मीसहित पाँच पत्रकार सम्मानित

धनकुटा- धनकुटामा नेपाल टेलिभिजनका धनकुटा संवाददाता ईश्वर थापासहित ५ जना पत्रकार सम्मानित भएका छन् ।

पत्रकारितामार्फत धनकुटा महोत्सवको प्रचारमा सहयोग पुर्‍याएको भन्दै धनकुटा उद्योग वाणिज्य संघले नेपाल टेलिभिजनका धनकुटा संवाददाता थापा सहित ५ पत्रकारलाई नगद सहित सम्मान गरेको हो ।

थापासहितका पत्रकारलाई प्रदेश १ का सांसद निरन राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले संयुक्त रूपमा सम्मानपत्र र नगद प्रदान गर्नुभएको थियो ।

धनकुटा उद्योग वाणिज्य संघले महोत्सवका बेला पत्रकारिता मार्फत प्रचार गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.