फ्रान्समा अवकाशको उमेर वृद्धि गर्ने सरकारी योजनाविरुद्ध व्यापक प्रदर्शन

फ्रान्समा अवकाशको उमेर वृद्धिको सरकारी योजना विरुद्ध व्यापक प्रदर्शन भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले अवकाशको उमेर ६२ वर्षबाट ६४ वर्ष बनाउने योजना अघि सारेसँगै आन्दोलनको दोस्रो लहर शुरु भएको हो ।

विगत १२ दिनदेखि जारी प्रदर्शनमा सहभागी हुनेको संख्या ११ लाख नाघेको छ । आठ वटा प्रमुख ट्रेड युनियनहरुले संयुक्त रुपमा हड्ताल गरेका छन् । यस बीचमा उनीहरुले विद्यालय, सार्वजनिक यातायात, तेल प्रशोधन केन्द्रहरुमा हड्ताल गरेका छन् ।

सिजिटी ट्रेड युनियनका अनुसार ५ लाखभन्दा बढी प्रदर्शनकारीहरु पेरिसमा मात्रै भेला भएका थिए । प्रदर्शनकारीहरुले अवकाशको उमेर यथावत राख्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । देशभरबाट आन्दोलनको लहर चलेपछि राष्ट्रपति वाध्य भएर आफ्नो निर्णय फिर्ता लिन बाध्य हुने बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.