नेपाल टेलिभिजनका उदयपुर संवाददाता पुरस्कृत

उदयपुर- प्रेस चौतारी नेपाल उदयपुरले स्थापना गरेको ‘बैकुण्ठ उषा पत्रकारिता पुरस्कार’बाट नेपाल टेलिभिजनकर्मी तुलसीप्रसाद कोईराला पुरस्कृत हुनुभएको छ ।

२५औँ स्थापना दिवसको अवसरमा सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार कोईरालालाई १० हजार ५१ रुपैया रकम सहित पुरस्कृत हुनुभएको हो ।

पत्रकार काईरालालाई एक समारोहबीच पूर्व सहरी विकास राज्य मन्त्री मन्जुकुमारी चौधरीले नगद र प्रमाणपत्र सहित सम्मानित गर्नु भएको हो ।

संगठनले एक लाख राशीको उक्त पुरस्कार स्थापना गरी पहिलो पुरस्कार कोईरालालाई प्रदान गरेको प्रेस चौतारीका उदयपुर अध्यक्ष पुरुषोतम सापकोटाले बताउनु भयो ।

चौतारीले स्थापना दिवसको अवसरमा पुरस्कार राशी घोषणा र वितरणसँगै बालबालिकालाई पत्रकारितामा रुची जगाउन बालभित्रे पत्रिका प्रकाशन सम्बन्धि अनुशिक्षणको आयोजना गरेको छ ।

सदरमुकाम गाईघाटस्थित निजी बिद्यालयहरुसँगको समन्वयमा प्रत्येक बिद्यालयबाट दुई जना सहभागि रहने गरी एक दिने अनुशिक्षणको आयोजना गरेको सचिब राकेश नेपालीले जानकारी दिनु भयो ।

कार्यक्रममा नेकपा एमालेका सचिब तथा चौदण्डिगढी नगरपालिकाका प्रमुख कालुमान लामा, पुर्वप्रेस चौतारीका उपाध्यक्ष कुशलबाबु बस्नेत, प्रेस चौतारीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रेणु पराजुलीले शुभकामना दिनु भएको थियो ।

सोही अवसरमा पुरस्कार सिफारिस समितिका विज्ञ सदस्य तथा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्कालाई सम्मान गरिएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.