भैरहवामा रोकिराखेको ट्रकमा कार र बस ठोक्किंदा एक जनाको मृत्यु, दुई जना घाइते

रुपन्देही- रूपन्देहीको भैरहवामा रोकिराखेको ट्रकमा कार र बस ठोक्किंदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा भैरहवाको अञ्चलपुरमा रोकिराखिएको ट्रकमा कार र बस ठक्कर खाँदा बसका चालक हरिष तिवारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा परी तनहुँको भिमाद नगरपालिका वडा नं ५ बस्ने २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको हो । दुर्घटनामा परी दुई जना घाईते भएका छन् । घाईतेको युसिएमएस भैरहवामा उपचार भईरहेको छ ।

घाईते हुनेहरुमा पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-१ का ३९ वर्षिय बासु घिमिरे र सोही ठाउँका १६ वर्षिय दिपेश घिमिरे रहेका छन् ।

सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडकखण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार बिहान साढे तीन बजेको समयमा ठोकिएको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.