नेप्से परिसूचकमा पहिरो

काठमाडौँ- लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएपछि नेप्से परिसूचकमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ७४ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११ दशमलव ९५ अङ्कले ओरालो लागेर तीन सय ८४ दशमलव ४० मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएकामध्ये आज १४ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।

यस्तै दुई सय तीन कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ६३ लाख २६ हजार एक सय पाँच कित्ता शेयर रु दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा छिमेक लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ७० लाख ७३ हजार बराबरको कारोबार भयो ।

यस्तै, एनआइसी एशिया बैंक रु सात करोड ९६ लाख ४१ हजार पाँच सय ३२, हिमालयन डिस्टिलरी रु सात करोड २१ लाख ८९ हजार तीन सय ८५, साना किसान विकास बैंक रु छ करोड ६ लाख ८७ हजार आठ सय ८४ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रु छ करोड २८ हजार आठ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार कारोबार भएकामध्ये आज कूल ४० कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको गिरावट भएको छ । यस्तै, नेपाल हाइड्रो चार दशमलव ८२, सामलिङ पावर कम्पनी चार दशमलव ७७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो तीन दशमलव ४३, प्रभु बैंकको ऋणपत्र एक दशमलव ९९ र सानिमा लार्ज क्यापका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले कमाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.