विद्यार्थीले बनाए हातको इशारालाई शब्दमा रुपान्तरण गरी आवाज निकाल्ने उपकरण

काठमाडौं- काठमाडौंको थापाथली क्याम्पसमा अध्ययनरत इन्जिनियरिङका विद्यार्थीहरुले हातको इशारालाई शब्द र वाक्यमा रुपान्तरण गरी आवाज निकाल्ने उपकरण बनाएका छन् ।

बोल्न नसक्ने व्यक्तिहरुका लागि विभिन्न देशमा यस प्रकारका उपकरणहरु प्रयोगमा भैरहेका भएपनि ती उपकरण महंगो भएकाले सस्तो मूल्यमा नेपालमै उत्पादन गर्ने लक्ष्य सहित विद्यार्थीहरु युनिभर्सल ह्यान्ड जेस्चर डिकोर नामको उपकरण बनाएका हुन् ।

थापाथली इन्जिनियरीङ क्याम्पसमा इलेक्ट्रोनिक विषयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत यी ४ जना विद्यार्थीले सो उपकरणको निर्माण गरेका हुन् ।

उपकरणले औंलाको चाल र गतिमा आधारित इशारालाई शब्द र आवाज दुबैमा रुपान्तरणमा गर्ने भएकोले दृष्टिविहीनलाई समेत उपयोगी हुने देखिएको विद्यार्थीहरुको भनाइ छ ।

उपकरणमा सांकेतिक भाषा रुपान्तरण गर्ने सफ्टवेयर राखिएका हुनाले हातमा पन्जा लगाएजसरी यो उपकरण लगाएर हातको इशाराले कुरा गर्दा ती इशाराहरु शब्द र आवाजमा रुपान्तरण गर्न संभव भएको विद्यार्थीहरुले बताएका छन् ।

अहिले उनिहरुले यो उपकरण परीक्षणका रुपमा बनाइरहेका छन र परीक्षणका रुपमा हाल १०-१५ वटा मात्रै शब्दहरु राखिएको छ । उपकरणमा पछि नेपालकै साङकेतिक भाषाको मानक अनुसारको तथ्याङक तथा जानकारीहरु प्रयोग गरिएपछि सोही अनुसारको डिजाइन निर्माण गरिने विद्यार्थीहरुको भनाइ छ ।

युनिभर्सल ह्यान्ड जेस्चर डिकोरले हातको इशारालाई नेपाली लगायत अन्य भाषाहरुमा पनि रुपान्तरण गर्न सक्ने गरी उपकरण बनाइने कार्यक्रम रहेको छ । विश्वका विभिन्न देशमा प्रयोग भैरहेका यस्ता उपकरणको मूल्य कम्तीमा ३० – ३५ हजार रुपैँया पर्ने र आफुहरुले सांढे तिन हजार रुपैँयामै बिक्री गर्न सक्ने गरी बनाउन लागेको विद्यार्थीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.