मौलिकता झल्काउने चैतलो पर्व (फोटो फिचर)

हुम्ला- सिमकोट गाउँपालिकाका तीन वटा वडामा मौलिकता झल्काउने चैतलो पर्व भव्यरुपमा मनाइएको छ ।

हरेक वर्षको फागुन १२ गते ने चैतलो पर्व मनाइन्छ ।

परापुर्वकालदेखि मनाउदैँ आएको चैतलो पर्व विशेष गरी क्षेत्री समुदायले मनाउने गरेको स्थानीयबासीहरुले बताउछन् ।

रंगीचंगी कपडाको पहिरनमा सजिएकी अधिकाश महिलाहरुले भगवान र देवताहरुको बारेमा भजन गीत मार्फत गाउँने गरिएको सिमकोट गाउँपालिका–६ की बदुमा रोकायाले जानकारी दिनुभयो ।

एक दिन बिहानदेखि व्रत बसेर श्रीमानको आयु र मनोकांक्षा पुरा होस भन्ने भाकल गदैँ गाउँको सार्वजनिक स्थलमा गीत गाउँदैँ नाचेर यो पर्व मनाउने गरेको रोकायाले बताउनुभयो ।

चैतलोमा यहाँका महिलाहरुले पहेलो बस्त्रधारण गरेर गाउँको सभास्थल चौपाडी वा भुओखाडो महिलाहरु सामुहिक गीत गाउँने नाच्ने परम्परादेखि चहिआएको सिमकोट गाउँपालिका–६ की केशुकला रावतले बताउनुभयो ।

चैतलो पर्व मनाउदाँ श्रीमानको आयु र भगवान खुसी बनाउन यो पर्व मनाउने गरिएको रावतको भनाइ छ ।

गाउँगाउँ, टोलटोलबाट पहेँलो बस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रूपमा खेल्ने गीतनाच नै ‘चैतलो’ हो ।

यो पर्वमा गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभाथाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पंक्तिबद्ध भई ‘बाह्र भाइ नौ दुर्गा भवानी’ को प्रस्तुति लगायत ऋतुको बारेमा गुणगान गाउने र गीत नाच खेल्ने समेत गरिन्छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.