सन्दीपलाई विदेशमा खेल्न जान दिने सर्वोच्चको अनुमति

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर खेल्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज सन्दीपलाई विदेश जान दिने निर्णय सुनाएको हो ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.