केटाकेटी खेल्ने क्रममा आगलागी

 मोरङ- गर्मी बढे संगै आगलागीको जोखिम बढ्न थालेको छ ।

धेरै जसो आगजनी केटाकेटीका कारणले हुने गरेको छन । केटाकेटीका कारणले मोरङको पथरी शनिश्चरेका-२ स्थानमा आगलागी भएको छ ।

दुई स्थानमै केटाकेटीहरु खेल्ने क्रममा आगो लागेको स्थानीयले बताएका छन । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ र ७ मा आगलागी भएको हो ।

पथरी शनिश्चरे- ४ मा दिलमाया लिम्बु र ७ मा जयबहादुर तामाङको परालको माचमा आगलागी भएको हो ।

आगलागीबाट लिम्बुको २ विघा खेतको पराल जलेर नष्ट भएको छ भने तामाङको १५ कठ्ठाको पराल जलेर नष्ट भएको छ ।

आगलागीबाट १ बर्ष गाई बस्तुलाई खुवाउन पुग्ने पराल क्षति भएको लिम्बुले बताउनु भयो ।

शनिवार भएका कारण स्कुल छुट्टी थियो । केटाकेटीहरु परालको छेउमा खेल्दै थिए । दिउसो १ बजेको थियो एक्कासी आग्लागी भयो स्थानीयले बताए ।

समयमै दमकल आएका कारण घर जोगीएको दिलमाया लिम्बुकोले बताउनु भयो ।

आगो निभाउन दुबै स्थानमा पथरी शनिश्चरे नगरको दमकल पुगेको थियो । घर नजिकै परालको माचमा भएकाले घर जोगीन गाह्रो थियो तर समयमै खवर भएकाले निभाउन भ्याइयो र अन्य केहि क्षति भएन- दमकल चालक नाइकुमार धिमालले बाताउनु भयो ।

यता वडा नं. ७ मा भने बाटो नभएका कारण दमकल पुग्न नपाएको तर नगर प्रहरी समयमै पुगेर आगलागी नियन्त्रण भएको नगर प्रहरी ईन्द्र सुबेदीले बताउनु भयो ।

आग्लागी भएको स्थानमा आजै पथरी शनिश्चरे नगर उपप्रमुख देविमाया काफ्ले पुगि अनुगमन गर्नु भएको छ । उहाँले गर्मी बढे संगै आग्लागीको जोखिम हुने भन्दै सबै नागरीक सचेत रहन अनुरोध गर्नु भएको छ ।

नगरबासी सबैले गाडी आवत जावत गर्न सक्ने बाटो निमार्णका लागि पहल गर्न काफ्लेले जोड दिनु भएको छ । काफ्लेले क्षतिको अवस्था हेरी नगरबाट क्षतिपूर्तीका लागि पहल गर्ने बताउनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.