११३औँ अन्तर्राष्ट्रिय महिला दिवस आज

काठमाडौं – एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइदैंछ । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको यसवर्ष ‘डिजिटल लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ । विश्ववभर साझा अभियानका रूपमा मनाइने दिवसका लागि ‘लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गर्ने गरेका छन् । महिला दिवसको अवसरमा आज सरकाले सार्वजनिक बिदा समेत दिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.