सहिद स्मारकको रोकिएको काम दश वर्षपछि सुरु

सत्तरी प्रतिशत काम सम्पन्न

काठमाडौं- गोकर्णेश्वर नगरपालिका–४ स्थित जगडोल सामुदायिक वनमा निर्माणाधीन राष्ट्रिय सहिद स्मारकमा काम रोकिएको १० वर्षपछि फेरि सुरु भएको छ ।

सरकारको २०६४ जेठ ११ गतेको निर्णयअनुसार तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत् २०६८ सालदेखि निर्माण थालिएकामा काम सुरु भएको दुई वर्षपछि रोकिएको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार स्मारक निर्माण पुनः अगाडि बढाइएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । आयोजना प्रमुख एवं विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर गणेश कर्माचार्यले स्मारकका पाँच ठेक्कामध्ये तीन वटाको काम सकिएको बताउनुभयो । सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनले बाँकी दुई ठेक्काको म्याद आगामी असार मसान्तसम्म थपिएको उहाँले जानकारी दिनुभयो ।

विसं २०७२ मा स्मारक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि आठ वर्ष वितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । सामुदायिक वनको छ सय ५० रोपनी जग्गामा सहिद, निजामती र घुन्सा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वन एवं संरक्षण क्षेत्रका व्यक्तित्वको स्मृतिमा स्मारक बनाउने घोषणा गरिए पनि काम अलपत्र बनेको थियो ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले चक्रेश्वरी÷जीवन जेभीले काम सुरु गरेपनि विभागले म्याद थपको सम्झौता नगरेको गुनासो आउने गरेको बताउनुभयो । आयोजनाको हालसम्म ७० प्रतिशत काम सकिएको जनाइएको छ । रू साढे तीन करोड लागतको ठेक्कामा काम भइरहेको आयोजनाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.