मध्यपहाडी राजमार्गको फिक्कलमा बस दुर्घटना : ५ जनाको मृत्यु

सिन्धुली-  ओखलढुङगाबाट काठमाण्डौतर्फ जाँदै गरेको बस मध्यपहाडी राजमार्गमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मध्यपहाडी राजमार्गको फिक्कल गाँउपालिका-४, कुइभिर भन्ने स्थानमा बा २ ख ६५९६ नम्बरको बस भित्तामा ठोक्किएर बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ५ जनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जिवी दाहालले जानकारी दिनुभयो ।

डिएसपी दाहालका अनुसार मृत्यु हुनेमा दुई जना महिला, दुई जना पुरुष र एक बालक छन ।

दुर्घटनास्थलमा प्रहरी, गाँउपालिकाका जनप्रतिनिधि तथा स्थानीयहरु पुगेको स्थानीय गौरब कार्कीले जानकारी दिनुभएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.