नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिनुहुँदै

काठमाडौं- राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथग्रहण गुर्नुहुने भएको छ । राष्ट्रपतिमा निर्वाचित पौडेलले शपथ ग्रहणपछि आजै पदभार ग्रहण गर्नुहुने कार्यक्रम छ ।

निर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहणका लागि राष्ट्रपति भवनमा विशेष समारोहको तयारी गरिएको छ । मुलुकको तेश्रो राष्ट्रपति निर्वाचित पौडेलले आज राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यतालिका तय भएको हो ।

कार्यतालिका अनुसार राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो एक बजे विशेष समारोहमा आयोजना गरिने भएको छ । संवैधानिक व्यवस्था अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने छ ।

शपथग्रहण लगत्तै नवनिर्वाचित राष्ट्रपति पौडेलले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । शपथ र पदभार ग्रहण गरेसँगै राष्ट्रपतिमा निर्वाचित हुनुभएका पौडेल निजी निवास बोहराटारबाट शिलत निवास सर्नुहुनेछ ।

फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहणपछि निवर्तमान हुनुहुने राष्ट्रपति विद्यादेवी भण्डारीले करिब साढे एक बजे राष्ट्रपति भवन छोड्नु हुनेछ । राष्ट्रपति भण्डारी शीतलनिवासबाट बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित निजी निवासमा सर्नुहुने छ ।

उहाँ दुइ कार्यकाल गरी करिब साढे सात वर्ष राष्ट्रपति रहनुभएको छ । भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा बन्नुभएकी उहाँ २०७४ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.