अवैध उत्खनन् गरेर निकासी गर्न लागेका दुई वटा ट्याक्टर नियन्त्रणमा

दाङ- राप्ती नदिमा नदिजन्य पदार्थको चोरी निकासी बढेको छ । स्थानीय सरकारले ठेक्का नलगाउँदा अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन र चोरी निकासी बढेको हो ।

समुदायका नागरिकले नदि तथा खोलामा हुने अवैध उत्खननको निगरानी गरेका छन् । लमही नगरपालिका-६ बलरामपुर घाटबाट अवैध उत्खनन गरेर निकासी गर्न लागेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीको जिम्मा लगाइएको छ ।

रा १ त २४६६ र रा १ त ४०९२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको बलरामपुर टोल विकास संस्थाका सचिव सूर्यप्रसाद चौधरीले जानकारी दिनुभयो ।

स्थानीय सरकारले ठेक्का लगाउन ढिलाइ गरेकाले पनि नदि र खोलामा चोरी बढेको छ । जिल्ला अनुगमन समितिक संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले अवैध उत्खननको सूचना प्रहरीसम्म पुर्‍याउन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.