डोटीमा सात करोडको लगानीमा निर्माण हुँदै सौर्य मिनिग्रेड

डोटी- डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ मार्कोटमा करिब १ सय किलोवाट पिकको सौर्य मिनिग्रेड निर्माण भैरहेको छ । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ७ करोड १२ लाख र बडिकेदार गाउपालिकाको ७९ लाख को लागतमा सौर्य मिनिग्रेड निर्माण भैरहेको हो । एक सय किलो वाट सौर्य मिनिग्रेड बाट बडिकेदार गाउँपालिका वडा नम्बर ५ का ८ गाउका २ सय ५० घरधुरी र ब्यापार ब्वसायी लाभाम्वित हुने बताएको छ ।
बर्षौदेखि सल्लाको झोरो टुक्की बालेर अन्धकारमा बस्दै आएका स्थानीय सोलार मिनी ग्रेड बाट बत्ति बल्ने भएपछी स्थानीय खुशी भएका छन् । बाँकि रहेका गाउँमा थप सौर्य मिनीग्रेडको माग गरि बत्ति बाल्ने योजना रहेको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्