गोरखामा मिनी ट्रक दुर्घटना : एक जनाको मृत्यु, ७ जना घाइते

गोरखा- गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका-६, बिसौनीमोडमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान खुलेको छैन ।

गोरखा बसपार्कबाट आबुखैरेनीतर्फ जाँदै गरेको गरेको प्र.३–०१–००३ क ६१७० नम्बरको फलफुल बोकेको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।

अनियन्त्रित भएको मिनिट्रकले बिपरित दिशाबाट आउदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल तथा बाटोमा रहेका पैदलयात्री समेतलाई लछारी सडकदेखि करिव २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

दुर्घटानामा परी शहिदलखन गाउँपालिका ७ की ३० बर्षीया रमला राना मगर, शहिद लखन गाउँपालिकाका ५९ बर्षीय लाल बहादुर गुरुङ, गोरखा नगरपालिका १० का ४० बर्षीया साबित्री बि.क, शहिदलखन गाउँपालिकाका ६८ बर्षका नारायण भुजेल, बर्दिया घर भएका २८ बर्षीय मंगल चौधरी, दोलखा घर भएका ३२ बर्षीय बिष्णु खड्का र वतन नखुलेका बुद्दी बहादुर नेपाली घाइते भएका छन् ।

गभ्भिर घाइते तीन जनालाई थप उपचारका लागि भरतपुर मेडिकल कलेज पठाइको प्रहरीले जनाएको छ ।

घाइते ४ जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव सनाखत हुन वाँकी रहेको पनि प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.