आइसीसी विश्वकप क्रिकेट लिग टू : नेपालले लियो पहिलो विकेट

हौसला दिन प्रधानमन्त्री क्रिकेट मैदानमा

काठमाडौं- आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक श्रृखंलाको अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

युएईविरुद्दको बलिङमा नेपाललाई पहिलो सफलता हात पारेको छ। नेपालका ललित राजबंशीले पहिलो विकेट लिएका छन ।

नेपालको यो खेल हेर्न र खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल केहीबेर अघि त्रिवि क्रिकेट मैदानमा पुग्नुभएको छ।

खेल हेर्न दर्शकको भीड छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको हो । युएईले ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गरेको हो ।

आजको खेलमा करण केसी बाहिर रहँदा गुलशन झाले टिममा स्थान बनाएका छन् । २०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.