जन्मदै बाङ्गो खुट्टा भएको बच्चाको जिल्ला अस्पतालमै सफल उपचार

गुल्मी- गुल्मी जिल्लामा जन्मदै बाङ्गो खुट्टा भएको बच्चाको सफल उपचार भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-३ भाडागाँउ निवासी लक्ष्मण पाण्डेको पाँच महिने बच्चाको सफल उपचार भएको हो ।

पहिले गुल्मी जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टरको अभावमा सामान्य विरामी हुँदा पनि बुटवल अथवा काठमाडौं जानुपर्ने अवस्थामा थियो । तर अहिले गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरेसँगै धेरै बिरामीले राहत पाएका छन् ।

बच्चाको उपचारको लागि काठमाडौं जाने तयारीमा रहेका पाण्डे परिवारले गुल्मी अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा. प्रदिप सिवाकोटीलाई एक पटक देखाउनु भयो । डा. शिवाकोटिले आफु जिल्लामा आएपछि यस्तो खालको बिरामी पहिलोपटक हेरेको बताउनु भयो ।

उहाँले बच्चाको खुट्टो नर्मल बच्चाको जस्तो हुन केहि समय लाग्ने र उपचार जिल्लामै सम्भव हुने कुरा पनि डा. शिवाकोटीले पाण्डेलाई जानकारी गराउनुभयो । त्यसपछि बच्चाको आमालाई बच्चाको खुट्टाको व्यायामको बिषयमा जानकारी गराउँदै एक महिना घरमै राख्न सिवाकोटीले सुझाव दिनुभयो ।

एक महिनापछि बच्चाको प्लास्टर राखिने र प्लास्टर पाँच हप्तासम्म प्रत्येक हप्ता एक–एक वटा लगाउने पाँचवटा प्लास्टर लगाउँदा पनि बच्चाको खुट्टा नर्मल बच्चाको जस्तो नभए अपरेसन गरिने डा शिवाकोटिले पाण्डेलाई जानकारी गराउनुभएको थियो ।

पाँचवटा प्लास्टर लगाउँदा पनि खुट्टाको नर्मल बच्चाको जस्तो नभए पछि अपरेसन गरिएको डा. शिवाकोटीले बताउनु भयो । बच्चाको पाचवटा प्लास्टर र एउटा अपरेसन पछि बाङ्गो खुट्टो नर्मल बच्चाको जस्तो ठिक भएको छ ।

जिल्लाबाटै काठमाडौंबाट उपलब्ध हुने सेवा पाउँदा अत्यन्तै खुसि भएको उनै बच्चाका बुबा लक्ष्मण पाण्डेले बताउनु भयो । अहिले गुल्मी अस्पतालमा एकदिनमा सय जनाबढी हाडजोर्नीका बिरामी चेकजाँच हुन्छ ।

हप्तामा दुई दिन गरी १४ वटा अपरेसन हुन्छन् । गुल्मी अस्पतालमा हाडजोर्नीका अझै एक दुई जना एमबिबिएस डाक्टर भएको खण्डमा धेरै सहज तरिकाले सेवा दिने डाक्टर सिवाकोटीको भनाइ छ ।

पहाडी अस्पतालमा डक्टरहरु पनि आउन नमान्ने भएकाले जिल्लामै हाडजोर्नी विशेषज्ञ सेवा दिन रेसुङ्गा नगरपालिकाले पनि प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । गुल्मी अस्पतालमा हाडजोर्नी र प्रसुती रोगसम्बन्धीका बिशेषज्ञ डाक्टरहरु मात्रै छन् ।

२०७१ सालमा ५० शैय्यामा अस्पतालको स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि पाँच तलाको नयाँ भवन बन्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.