राष्ट्रपतिद्वारा आज सांसदहरूको सम्मानमा चियापान समारोहको आयोजना

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा आज राष्ट्रपति भवन शीतलनिवासमा चियापान समारोहको आयोजना गर्नुभएको छ ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले दिनुभयो ।

फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हाल्नु भएका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौं आइपुग्नु भएको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.