उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट पद तथा गोपनीयताको शपथ

निवर्तमान उपराष्ट्रपति पुनको विदाई

काठमाडौं- नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गाउनुभयो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो ।
यादव यही चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । उपराष्ट्रपतिमा यादवको शपथग्रहणसंगै निवर्तमान उपराष्ट्रपति नन्दवहादुर पुनलाई राष्ट्रपति भवनमै आयोजित विशेष समारोहमा विदाई गरियो । त्यसवखत उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपहार प्रदान गर्नुभयो । पुनले दुइ कार्यकाल गरी करिव ७ वर्ष ५ महिना उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु भयो । पहिलो पटक २०७२ कार्तिक १४ गते नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.