संघदेखि प्रदेशसम्मका सरकारको नेतृत्व आलोपालो हुन्छ- प्रधानमन्त्री

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताउनु भएको छ ।

गोरखाको पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति कार्यको शिलान्यास गर्दै उहाँले अब पुरानै गठबन्धन कायम भएकोले राजनीतिक स्थिरता र स्थायित्व कायम हुने बताउनुभयो ।

सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौँ- प्रधानमन्त्री दाहालले भन्नुभयो ।

नेपाली काँग्रेस र अन्य पार्टीसँग सरकार विस्तारको विषयमा गम्भीर संवाद छलफल सुरु भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले संघदेखि प्रदेश सरकार पुनर्गठन हुने र सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा गठबन्धन दलहरुसँग छलफल सुरु भएको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले सडक विकासको पहिलो आधारशिला भएकोले देशभरका रणनैतिक सडकहरु प्राथमिकताका साथ स्तरोन्नति गर्ने सरकारको योजना रहेको पनि बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.