चन्द्रकोट गाउँपालिकाले क्रिकेटर सोमपाल कामीलाई सम्मान गर्ने

गुल्मी- गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ । आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्‍याउन सफल भएको भन्दै गाउँपालिकाले नगद ५० हजार रुपैयाँ सहित सम्मान गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज कुसीले बताउनु भयो ।

क्रिकेट खेलाडी कामी चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ भुर्ममा जन्मिएका हुन् । उनको परिवार हाल भारतमा बसोबास गदै आईरहे पनि अहिलेसम्म बसाइँसराइँ नलिएको वडा नम्बर ८ का वडाध्यक्ष फणिन्द्रराज अर्यालले बताउनु भयो ।

आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी जिल्ला र पालिकाको गौरव बढाएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई हौसला बढाउन सम्मान गर्न लागिएको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो ।

गाउँपालिकाले घोषणा गरेको पुरस्कार राशी समयानुकुल मिलाएर भौतिक उपस्थितिमा कार्यक्रम गरी हस्तान्तरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी प्रशिक्षणमा रहेकाले समय नमिलेको बताउनु भयो ।

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ‘डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो ।

नेपाल ९ रनले विजयी भएको थियो । जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो । नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.