पालिकाभित्रका सम्भावनालाई योजनाबद्ध रुपमा विकास गर्न गुरुयोजना निर्माण

रसुवा- रसुवाको उत्तरगया गाँउपालिकाले गाउँपालिकाभित्रका सम्भावनालाई व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्न गुरुयोजना निर्माणको थालनी गरेको छ ।

स्थानीय सरकारले आफ्नो संस्थागत सुदृढीकरण, समग्र विकास एवम् समृद्धिको खाका सहितको दीर्घकालीन योजना निर्माणका लागि गुरुयोजना निर्माणको थालनी गरिएको गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाका अध्यक्ष माधब प्रसाद अर्यालले दिगो विकास लक्ष्यलाई स्थानीय स्तरमै लागू गर्ने नीति लिएको बताउनुभयो । गुरुयोजनाले दिगो विकास लक्ष्यले निर्दिष्ट गरे बमोजिम राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसबाट उत्तरगया गाउँपालिकाको समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्ष समेटेर विक्रम संवत् २०९९ सम्मका लागि समष्टिगत योजना निर्माण हुने गाँउपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.