खुडेपोखरी संरक्षणका लागि पोखरा महानगरपालिकाको चासो

कास्की- पर्यटकीय नगरी पोखरा महानगरपालिका ५ पर्स्याङ चोकस्थित खुडेपोखरीको संरक्षण गर्न थालिएको छ ।

उक्त पोखरीको संरक्षण बारे नेपाल टेलिभिजनलगायत विभिन्न संचार माध्ययममा समाचार प्रशारण, प्रकाशन हुन थालेसँगै पोखरा महानगरपालिकाले उक्त पोखरी संरक्षणमा चासो देखाएको हो ।

जसअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् स्थानीयको सहभागितामा पोखरीमा रहेको जलकुम्वी लगायतका फोहोर सामग्री हटाइएको छ ।

पोखरा ५ की स्थानीय अञ्जु क्षेत्रीको संयोजकत्वमा समिति नै गठन गरेर महानगरपालिकाले पोखरी संरक्षण थालेका हो । जसका लागि चालु वर्षमा दश लाख रुपैयाँ बजेट विनियोजन भएको र सो मार्फत पोखरीको सीमाङकन, सरसफाई लगायत तारवार गरिने संरक्षण समितिकी संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले पोखरीलाई छिटै सौन्दर्यकरण गरी महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा विकास गरिने पनि उल्लेख गर्नुभयो ।

कुल ११ रोपनी क्षेत्रफलमा फैलिएको उक्त पोखरी संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो । पोखरीमा परेर वर्षिनी केही मानिसले ज्यान गुमाउँदै आएकोमा पछिल्लो पटक यहि फागुन ९ गते एक वालकको मृत्यु समेत भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.