नवनियुक्त आईजिपीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिन्ह लगाउनुभएको छ ।

गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमका गृह मन्त्रालय सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिनुभएको हो ।

दर्ज्यानी चिन्ह लगाउनुभएसंगै नेपाल प्रहरीको सुदृढीकरण नै आफ्नो पहिलो प्रथामिकता भएको महानिरीक्षक कुँवरले वताउनुभयो ।

उहाँले देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले संविधानले मार्ग निर्देशित गरेको काम र मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्ने पनि उल्लेख गर्नुभयो ।

अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने वताउदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको कार्यक्षमताको उचित मूल्यांकन गर्ने वतानुभयो ।

कुँकरलाई सरकारले गत चैत्र १० गते नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.