राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक हुनुपर्छ भन्ने हेक्का राखेको छु : राष्ट्रपति पौडेल

 गोरखा- राष्ट्रपति रामचन्द्र पौडेलले राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक हुनुपर्छ भन्ने आफुलाई हेक्का राखेको  बताउनुभएको छ ।

गोरखा भ्रमणका क्रममा आज आइतवार गोरखा सङ्ग्रहालयमा संक्षिप्त सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले नागरिकसँग जोडिने र पिरमर्का बुझ्ने विषयमा राजतन्त्रका राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्षबीच फरक हुनैपर्छ भन्नेबारेमा आफूले हेक्का राखेको बताउनुभएको हो ।

उहाँले कुनैपनि व्यक्तिको आउजाउलाई ‘सवारी’ भन्ने शब्द प्रयोग नगर्न पनि सुझाव दिनुभयो ।

विशिष्ट व्यक्ति आउजाउ गर्दा सवारी भयो भन्दाखेरी सामन्तवादी शैलीजस्तो देखिने र ठेट नेपाली शब्द पनि नभएकाले बरु आवागमन भन्न पनि राष्ट्रपति पौडेलले सुझाव दिनुभयो ।

पछिल्लो समय उहाँले आफ्नो भ्रमणका बेला अरू गाडी र नागरिकको आवागमन नरोक्न निर्देशन दिँदै आउनुभएको छ ।

यसैबीच राष्ट्रपति पौडेलले बुढीगण्डकी आयोजना, पालुङटार विमानस्थल निर्माण र मनास्लु पदमार्ग राम्रोसँग सञ्चालन गर्न सकेमा गोरखाको मुहार फेरिने पनि उल्लेख गर्नुभयो ।

राष्ट्रपति भएपछि पहिलो पटक काठमाण्डौ बाहिरको भ्रमण गर्नुभएका पौडेलले गोरखकाली र गोरखनाथ मन्दिरमा झन्डै आधा घण्टा पूजाआजा गर्नुभयो ।

यस्तै उहाँले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गर्दै ठुलोआँगन र गोरखा संग्राहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण पनि गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.