लुम्बिनी प्रदेश : नयाँ सरकार गठनको पहल

दाङ- लुम्बिनी प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै एमाले र राप्रपा बाहेका ८ राजनीतिक दलले प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका छन् ।

केन्द्रीय राजनीतिमा आएको परिवर्तनसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनमा दलहरु सक्रिय भएका हुन । एमाले नेतृत्व सरकारमा रहेका माओवादी, जनमत र जनता समाजवादी पार्टी बाहिरिएसँगै सरकारलाई समर्थन दिएका दलहरुले समेत समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

५३ जना सांसदको हस्ताक्षरसहित ८ राजनीतिक दल र एक स्वतन्त्र प्रदेश सभा सदस्यको तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई नयाँ मुख्यमन्त्री नियुक्तीको लागि आइतबार प्रस्ताव पेश गरिएको हो ।

प्रस्ताव लिँदै प्रदेश प्रमुख शेरचनले प्रक्रियागत रुपमा अघि बढ्ने जानकारी दिनुभयो ।

कांग्रेस संसदीय दलका नेता चौधरीलाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक जना स्वतन्त्र सांसदले मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन ।

नेकपा एमाले नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारमा सहभागी राप्रपा बाहेकका अन्य दल सरकारबाट बाहिरिएको केही समयपछि नै काँग्रेस नेता चौधरीले मुख्यमन्त्री दावी पेश गर्नुभएको हो ।

माओवादी संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु, विभाग तोकिएपनि पदभार ग्रहण नगरेकी मन्त्री कृष्णा केसीले राजिनामा बुझाउनु भएको छ ।

यस्तै जनमत पार्टीबाट सामाजिक विकास मन्त्रि बनेका चन्द्रकेश गुप्ता र जनता समाजवादी पार्टीबाट कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका भण्डारीलाल अहिरले समेत राजीनामा बुझाउनु भएको छ ।

मुख्यमन्त्री लिला गिरीको क्याविनेटमा अव मुख्यमन्त्री सहित एमालेका पाँच र राप्रपाका एकगरी ६ सदस्य जना मन्त्री छन् । राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी हुनुहुन्छ । गिरी गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

यस अघि एमालेका लिला गिरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुनु भएको थियो । उहाँलाई गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.